काठमाडौं क्षेत्र नं ५ का विजयी उम्मेदवार प्रदीप पौडेललाई उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बधाई दिएका छन् ।
निर्वाचन परिणामको औपचारिक घोषणा हुनुअघि नै उनले पौडेललाई बधाई दिएका हुन् ।
उनले निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्बन्ध–सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरेल क्षेत्र नम्बर ५ का निर्वतमान सांसद हुन् । २०७४ सालको आमनिर्वाचनमा उनले कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई करिब १० हजार मतान्तरले हराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0