कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् । उनीहरुको मतान्तर ३ हजार ४३८ छ ।
२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
अघिल्लो निर्वाचनमा उनी तात्कालीन नेकपा एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0