कास्कीको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । योसँगै उनले संसदको दोस्रो पटकको यात्रा तय गरेकी छिन् ।
उनले त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई हराएकी हुन् ।
यी दुईबीचको मतान्तर ४ हजार ५०३ रहेको छ ।
त्यहाँ मतगणनाको सुरुवातमा कँडेलले नै अग्रता लिएका थिए । निकै पछि कँडेललाई पछि पार्दै भट्टराईले यति ठूलो मतान्तरले जित निकालेकी हुन् ।
उनले १६ हजार ९९८ मत पाउँदा कँडेलले १२ हजार ४९५ मत ल्याए ।
यो क्षेत्रबाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो नम्बरमा रहे ।
नेकपा एमालेका नेता रवीन्द्र अधिकारी हवाई दुर्घटनामा निधनपछि उनकी पत्नी विद्या भट्टराई उपचुनाव लड्दै यसअघिको संसदमा सांसद बनेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0