सप्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार नवल किशोर साह निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५७२ मतको अन्तरले हराउँदै साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
नवलले २३ हजार ५६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनमतका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामदेव साह १४ हजार ३१२ मत प्राप्त गरि तेस्रो स्थानमा सीमित भए ।
नेता साह यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भई मधेस प्रदेशको सामाजिक विकासमन्त्री बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0