मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनले एमालेबाट पाएको टिकट अन्तिममा खोसिँदा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
चुनावको सबै तयारी सकेका मण्डललाई फर्काउँदै एमालेले त्यहाँ गठबन्धन गरेको जनता समाजवादी पार्टीलाई सिट छाडेको थियो ।
त्यसपछि बागी उम्मेदवारी दिएका मण्डलले निर्वाचनमा फराकिलो अन्तरले जित निकाले ।
उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरे । एमाले जसपाको गठबन्धनका उम्मेदवार राजकुमार यादव तेस्रो भए ।
उनीहरुले क्रमशः २१ हजार ८२०, १७ हजार ४८६ र १७ हजार ३९० मत मात्र ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0