इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका हुन् ।
११४ मतको अन्तरले नेम्वाङले जित निकालेका हुन् ।
त्यहाँ नेम्वाङ र खड्काबीच निकै रोचक प्रतिस्पर्धा देखिएको थियो ।
निर्वाचन आयोगले दिएको अन्तिम मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत ल्याए । खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरे ।
केहीबेर त्यहाँ विवाद भएर रोकिएको मतगणना सवा ९ बजेबाट फेरि सुरु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0