राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको हो ।
घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।
कार्यालयको ढोका चाबी यथावत् रहेको र भित्र केही सामान जलेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0