प्रतिनिधि सभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । रास्वपा नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो ।
सोमबार बिहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाएको छ । त्यस्तै, माओवादीले १० लाख ५२ हजार मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ । हालसम्म एमालेले २५ लाख १९ हजार, कांग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0