धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई झिनो मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
महासेठ १२४ मतान्तरले विजयी भए । विजयी महासेठले ३२ हजार २३६ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाए । यादव र महासेठबीच सुरुवातदेखि नै कडा प्रतिस्पर्धा थियो । अन्तिममा भने महासेठले बाजी मारे ।
विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् । २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई हराउँदै संसदको यात्रा तय गरेका थिए । त्यतिबेला महासेठलाई माओवादीको साथमा थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0