नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो।
जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गीताकुमारी चौधरी सांसद बनेकी छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0