लोसपा पनि नयाँ सरकारमा सहभागी हुने
फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । पार्टीका शीर्ष नेताहरुबीचको बैठकले पाँच दलीय गठबन्धनको नेतृत्वमा निर्माण हुने नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

नयाँ बन्ने सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी हुने निर्णय भएको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । ‘हाम्रो कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुनेबारे आधिकारिक निर्णय गरिने छ,’ भण्डारीले भने ।

लोसपाको कार्यकारिणी समिति बैठकले सरकार सञ्चालनका लागि साझा कार्यक्रम तय गर्नुपर्ने निर्णयसमेत गर्ने उनले बताए । यसका लागि गठबन्धनको बैठकमा प्रस्ताव लग्ने निर्णय भएको उनले बताए । आफूहरु चाँडै बैठक बसेर चुनावी समीक्षालगायत पार्टीको अन्य निर्णयहरु गर्ने भण्डारीले बताए । 

पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेकोले कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ । लोसपाले प्रतिनिधिसभामा ४ वटा सिट जितेको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १३:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया