प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नयाँ सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताएकी छन्। आइतबार निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी राणाले त्यस्तो बताएकी हुन् ।
उनले कांग्रेस ठूलो पार्टी भएकोले पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्ने र देउवा प्रधानमन्त्री बन्ने बताइन् । जितेर आएकाहरूले दाबी गर्नु स्वाभाविक भएको बताउँदै उनले भनिन्, ‘जो जो आफ्नो–आफ्नो दलबाट जितेर आउनुभएको छ, उहाँहरूले दाबी गर्नु स्वाभाविक नै हो । मलाई ज्योतिषी ज्ञान आउँदैन। तर, अहिले हेर्दा शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ। ठूलो दल पनि हाम्रै छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0