नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल पनि महामन्त्री गगन थापाको समूहमा खुलेका छन् ।
उनी कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा थापाको समूहमा खुलेका हुन् । पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।
हालै प्रतिनिधि सभामा काठमाडौं–५ बाट चुनाव जितेका पौडेल संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन थापा पक्षमा खुलेका हुन् ।
थापालाई संसदीय दलको नेतामा शेखर कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0