बागमती प्रदेश सरकारको नेतृत्वमा राप्रपाले दाबी गरेको छ । बागमती प्रदेशमा सरकार गठनमा राप्रपा निर्णायक शक्ति बनेको छ ।
राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको बताएका छन् । उनले भने, ‘हामी केन्द्रमा भागबन्डा अनुसारको पदहरुमा लिएर सरकारमा जान्छौँ । सोहीअनुसार प्रदेशमा पनि हुन्छौँ । तर, मुख्यमन्त्री हाम्रो हुनुपर्छ ।’
अन्य प्रदेशमध्ये बागमतीमा सांसदको संख्या बढी भएका कारण आफ्नो पार्टीले नेतृत्व लिने सम्भावना प्रवल रहेको उनको भनाइ छ ।
राप्रपाले सरकारको नेतृत्वको अवसर पाएका उनै थापा प्रदेशको मुख्यमन्त्री चुनिनेछन् । यद्यपि सत्ता गठबन्धनको भागबन्डा टुंगिन अझै केही दिन लाग्ने देखिन्छ ।
बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ । सांसद संख्याको आधारमा सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0