४७ दशमलव १५ अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर २ हजार २ सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको छ ।

आज २ सय ५७ वटा कम्पनीका १ करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रुपैयाँमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ । 

आज होटल तथा पर्यटन समूहको उपसूचक २३ दशमलव ९२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ६१ अंक र जीवन बीमा समूहको उपसूचक एक सय ७८ दशमलव ६७ अंकले बढेको छ ।

नेप्सेका अनुसार बैंकिङ समूह २९ दशमलव २२, विकास बैंक समूह एक सय २४ दशमलव २७, वित्त समूह ४९ दशमलव २४ र जलविद्युत् समूह एक सय २२ दशमलव ६१ अंकले बढेको छ । त्यस्तै लगानी समूह एक दशमलव ७६, उत्पादन समूह दुई दशमलव २६, लघुवित्त समूह नौ दशमलव ४९, म्युचुअल फन्ड समूह शून्य दशमलव २६, व्यापार समूह ७५ दशमलव ५८ अंक र अन्य समूह २९ दशमलव ६६ अंकले बढेको छ ।



बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत एक दर्जन कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य तीन दशमलव ५७ प्रतिशत घटेको छ । 

आजको कारोबारमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १७ लाख ६८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा न्यादी ग्रुप पावर कम्पनी लिमिटेड अगाडि छ । कम्पनीको पाँच लाख ६० हजार ४७ कित्ता शेयर कारोबार भएको छ । 



  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १६:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया