बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउने छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
मुख्यमन्त्री जम्मकट्टेलसँगै एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् ।
बागमती सरकारमा एमालेले पाँच, माओवादीले चार, राप्रपा र समाजवादीले दुई/दुई र हाम्रो नेपाली पार्टीले एक गरी १४ मन्त्रालयमा दाबी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले भने बढीमा ११ मन्त्रालय कायम गर्ने बताउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0