लुम्बिनी प्रदेशमा नेकपा एमाले नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४४ सांसद आवश्यक थियो। उनलाई एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बहुमत सांसदको समर्थन प्राप्त भएको छ।
एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार तथा जसपा र जनमतका तीन–तीन सांसदले समर्थन गरेका थिए । यस्तै, कांग्रेसका २७, लोसपाका तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई स्वतन्त्र सांसद छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0