बागमती प्रदेशसभाको सभामुख पदको लागि कांग्रेसले उम्मेदवार उठाउने भएको छ । कांग्रेसले सभामुखको पदका लागि शिवराज अधिकारीलाई उम्मेदवार उठाउने भएको हो ।
उनी समानुपातिकतर्फबाट बागमती प्रदेशसभामा निर्वाचित भएका हुन् । धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिए ।
सत्ता गठबन्धनले राप्रपाका भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0