आजका लागि बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो जनधनको क्षति भएको भन्दै शोक मनाउन आज बस्ने प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।
बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । विमान दुर्घटनाको शोकमा सुदूरपश्चिम र मधेश प्रदेश सभा बैठक पनि स्थगित गरिएको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको यति एयरको एटिआर ७२ विमान १०ः५४ बजेतिर पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।
दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । चारजनाको अझै भेटिएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0