नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट ३७ जना सांसद छन्।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि गत पुस २६ गते विश्वासको मत दिएको थियो। नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्लेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए।
‘हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं तर सरकारमा सहभागी हुँदैनौं, प्रतिपक्षी भूमिका रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग वा विरोध गर्छौं,’ उनले भने।
आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन्। नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता जम्कट्टेल गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
संसदको रोष्टममा उभिएर आजै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0