तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले नेपालको राजनीति अस्थिरतातर्फ धकेलिने अवस्थामा रहेको बताएका छन् ।
१६औं बलिदान दिवसको अवसरमा तमलोपाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लालले यस्तो बताएका हुन् ।
उनले भने, ‘मधेसका मुद्दा र आन्दोलन बिथोलिने अवस्थामा त छँदै छ सँगसँगै गणतन्त्र, संघीयता, लोकतन्त्रमाथि खतरा मडारिरहेकोले गणतन्त्र, संघीयता, लोकतन्त्रको रक्षार्थ पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको छ ।’
अध्यक्ष लालले लोकतान्त्रिक शक्तिहरुको एकताको आवश्यकतामाथि जोड दिँदै सत्ता र कुर्सीको मानसिकता त्याग गरी लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने बताए ।
कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले बलिदानी दिवस वास्तवमा प्रेरणाको दिवस रहेको बताए । उनले मधेस आन्दोलनमा देखिएका अवरोह, खडा गरिएका विकृति विरुद्ध खडा भएर परिर्वतनको वाहक बन्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।
तमलोपा धनुषाका अध्यक्ष धिरेन्द्र सिंहको सभापतित्वमा सम्पन्न सहिद श्रद्धाञ्जली कार्यक्रममा तमलोपाका नेताहरु विभा ठाकुर, भोलानाथ झा, उमेश मण्डल, जयनाथ नायक, इश्वर पण्डित, जगन्नाथ चौधरी, भागीरथ लाल, जयनन्दन सहनीलगायतकाले श्रद्धाञ्जली मनतव्य राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0