संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान संकटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन् ।
पेरुमा प्रदर्शन जारी रहँदा उनले हिंसाको थप वृद्धिबाट बच्न संयमता अपनाउन आग्रह गरे । अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको पालना गर्न आफ्नो आह्वान दोहोर्याउनु भएको गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत जनाएका छन् ।
जीवन र सम्पत्तिको सम्मान गर्दै विद्रोहहरू शान्तिपूर्ण रूपमा हुनुपर्ने गुटेरेसले बताएका छन् । आन्दोलनको क्रममा भएको मृत्युको संख्याबाट गुटरेस चिन्तित भएका र अधिकारीहरूलाई यी मृत्युको तुरुन्त, प्रभावकारी र निष्पक्ष छानबिन गर्न तथा पीडितहरूलाई कलंकित हुनबाट जोगिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0