कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए । उनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिलको पढाइ गरेका छन् ।
शाही विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक पनि रहेका थिए ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा शाही नेकपा (माओवादी केन्द्र) बाट दैलेख–२ (ख) बाट प्रदेश सभा निर्वाचनमा उठेका थिए । निर्वाचनमा झिनो मतले पराजित भएका शाहीलाई प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0