कर्णाली प्रदेश सरकारले प्रदेशभर भोलि चैत १६ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक संघसंस्थामा बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।
कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0