नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर मंगलबार निधन भएको छ ।
रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गर्दै आएकी थिइन् । उनी सर्लाही क्षेत्र नम्बर २ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी थिइन् ।
अघिल्लो प्रतिनिधिसभामा पाण्डे समानुपातिक सांसद थिइन् । पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0