नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । भोलिसम्म जारी रहने बैठक अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुने बताइएको छ । यस्तै, बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तय गर्नेछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0