साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपालीको मृत्यु भएको छ । साउदीको मक्का प्रहरीका अनुसार दोहोरो गोली हानाहानमा गम्भीर घाइते भएका वाणिज्य दूतावासका सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको हो ।
कारमा आएका एक हतियारधारी जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । गोली लागेर घाइते नेपाली सुरक्षा गार्डको मृत्यु भएको साउदी प्रेस एजेन्सी (एसपीए) ले जनाएको छ ।
आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । मृत्यु हुने नेपालीको ठेगाना खुल्न बाँकी छ । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो ।
अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आक्रमणकारीको मृत्यु हुनुका साथै दुईजना घाइते भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0