नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्दैछ । ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित आउँदो पुससम्म अभियान चल्ने नेसपाले जनाएको छ ।
अभियानको केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षारोपण गरी उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेश प्रदेशमा अध्यक्ष महिन्द्रराय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डा. बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोवको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0