काठमाडौं– शुक्रबार नेपाली मिडियामा दिनभर महिलाका विषयमा समाचार छाउने सम्भावना बढी थियो । तर, अचानक विहानै आएको एउटा समाचारले हेडलाइनहरु ऋरु नै समाचारका बने ।
बिहिबार मात्रै सर्वाेच्च अदालतले स्वतन्त्र मधेसको पक्षमा अभियान चलाइरहेका मधेश गठबन्धनका नेतृत्वकर्ता सिके राउतलाई रिहा गर्न आदेश दिएको थियो । तिनै राउतसँग शुक्रबार नेपाल सरकारले सम्झौता गर्यो । राज्य द्रोहको आरोपमा २१ असोजमा पक्राउ परेका राउतलाई जिल्ला अदालत रौतहटले २१ मंसिरमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
शुक्रबार बिहानै राउत र प्रधानमन्त्री केपी शर्मा ओलिले एउटै मन्चबाट सम्बोधन गर्ने समाचार बाहिर आएपछि सामाजिक सन्जालमा यसको चर्चा सुरु भइसकेको थियो । दिउँसो भएको सम्झौता तथा सम्बोधन पछि यसले सामाजिक सन्जालमा झन् व्यापकता पाएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले सहमति सकारात्मक रहेको प्रतिकृया ट्विटरमा दिएका छन् । उनले लेखेका छन््, ‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेसी पृथकतावादी सीके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकार बीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ !’
उनले अगाडि लेखेका छन्, ‘बरु २ नम्बर बुँदाको असन्तुष्टीहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान भनेको जनमतसंग्रह हो कि के हो भोलि गलपासो बन्ला हौ !’
यस्तै, मधेसका नेता जेपी गुप्ता पनि यसलाई सकारात्मक रुपमा नै लिन्छन् । ‘सिके राउत अलग मधेस राष्ट्रको मागलाई परित्याग गरि संभवतः मूलधार कहलिने दलीय प्रतिस्पर्धाको राजनीतिमा आउने घोषणा गरेका छन् । सिकेको यस निर्णयलाई स्वागत गर्नेहरुको पंक्तिमा मेरो पनि स्वागत छ । पृथक मधेस राष्ट्रको माग ठिक होइन,’ उनले लेखेका छन् ।
सिके राउत ‘अलग मधेस राष्ट्र’को मांगलाई परित्याग गरी संभवत: मूलधार कहलिने दलीय प्रतिस्पर्धाको राजनीतिमा आउने घोषणा गरेका छन् । सिकेको यस निर्णयलाई स्वागत गर्नेहरूको पंक्तिमा मेरो पनि स्वागत छ । ‘पृथक मधेस राष्ट्र’ को मांग ठिक होईन । +
— Jp Gupta (@JpanandaJp) March 8, 2019
नेपाल कम्युनिस्ट पार्टीका नेता राजन भट्टराईले पनि सिके राउतको यो कदमको स्वागत गरेका छन् ।
यस्तै, ट्विटरमा भीम उपाध्यायले सरकार र सिके राउतबीचको सहमतीबारे लेखेका छन्, ‘सरकार र सिके राउत बीच भउको ११ बुदे सहमतिलाई असल राजनीतिक पद्दति र संस्कार स्थापित भएकोमा स्वागत गर्छु ।’
अर्का ट्विटर प्रयोगकर्ता चैतेन्द्र पौडेल भने यसलाई राष्ट्रघाति सम्झौता भएको ठान्छन् । सिके राउतसँग भएको सम्झौताको फोटो सहित उनले लेखेका छन् – सिके राउत र सरकार बीच भएको ११ बँुदे सम्झौताको बुँदा नम्बर २ र १० पढेपछि सरकार जनमतसंग्रह मार्फत मधेशलाई अलग देश बनाउन राजी भएको तथ्य छर्लंग हुन्छ । विखण्डनलाई वैधता दिनेगरी गरिएको यो सम्झौता राष्टघाती सम्झौता हो । अखण्ड नेपाल चाहने हरेक नेपालीले विरोध गरौं ।
सिके राउत र सरकार बिच भएको ११ बुंदे संझौताको बुंदा नं २ र १० पढेपछी सरकार जनमत संग्रह मार्फत मधेशलाई अलग देश बनाउन राजी भएको तथ्य छर्लंग हुन्छ |
— चैतेन्द्र पौडेल 🇳🇵 (@Uraaz1) March 8, 2019
बिखण्डनलाई वैधता दिनेगरी गरीएको यो संझौता #राष्ट्रघाती संझौता हो | अखण्ड नेपाल चाहने हरेक नेपालीले बिरोध गरौं | pic.twitter.com/UYmmK6oys5
सागर नाम गरेका ट्विटर प्रयोगकर्ता पनि यो सहमतीको विरोधमा छन् । उनले लेखेका छन्, ‘सिके राउत मूलधारको राजनीतिमा सहमती हुन आएको होइन चोर बाटो छिचोल्न नसकेपछि सरकार अनि शीर्ष नेतालाई बेवकुफ बनाउँदै सिधा बाटो गन्तव्य समातेको हो ! अब यो यात्रामा ओली प्रचण्डले पनि हातेमालो गर्नेछन्, सिके राउतको गन्तव्य भनेको एक मधेस एक प्रदेश नै हो ! भ्रममा नपरौं ।’
सीके राउत मूलधारको राजनीतिमा सहमत हुन आएको होईन चोर बाटो छिचोल्न नसकेपछि सरकार अनि शिर्ष नेता लाई बेवकुफ बनाउँदै सिधा बाटो गन्तव्य समातेको हो! अब यो यात्रामा ओलि प्रचण्ड ले पनि हातेमालो गर्नेछन् सिके राउतको गन्तव्य भनेको एक मधेस एक प्रदेश नै हो ! भ्रम मा नपरौँ ।
— सागर (@Tripathisagar71) March 8, 2019
आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले सिके राउतको तुलना प्रचण्डसँग गरेपछि धेरैले आश्चर्य पनि जनाएका छन् । ‘प्रचण्डको तुलना सिके राउत सँग हैट प्रचण्ड को हैसियत,’ प्रतिपक्ष नामका प्रयोगकर्ताले लेखेका छन् ।
यो सहमतीबारे व्यंग्य गर्नेहरु पनि छन् । उज्जवल नामका एक प्रयोगकर्ताले ट्विट गरेका छन्, ‘फेरी आज नयाँ चटक देखाउने भए । २÷४ महिनामा सिके राउत पुरानै ठाउँमा नफर्किएलान् भन्न सकिन्न ।’
फेरी आज नयाँ चटक देखाउने भए । २/४ महिनामा सिके राउत पुरानै ठाउँमा नफर्किएलान् भन्न सकिन्न ;))
— UZWAL (@uzzwal999) March 8, 2019
प्रभाकर पाण्डे पनि यो सहमतीप्रति शंका व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘नेकपा झन् बिग्रने हो कि सिके राउत सुध्रने हो हेर्दै जाम !’
नेकपा झन् बिग्रन् हो कि सिके राउत सुध्रने हो हेर्दै जाम् !
— प्रभाकर पाण्डे (@aakar_prava) March 8, 2019
‘भनेसी, अब डा सिके राउत पनि खुंखार राष्ट्रवादी हुने भए हैन त ? एमाले प्रवेश पछि त गधा पनि गाइ भैहाल्छ,’ पूनम पोखरेले व्यंग्य गरेकी छिन् ।
भनेसी अब डा. सिके राउत पनि खूंखार #राष्टेबादी हुने भै...हैन्त ? एमाले प्रवेसपछी त गधा पनि गाइ भैहाल्छ
— पूनम पोखरेल (@punm_ooo) March 8, 2019
तर, वास्तविकता चाहिँ सिके राउत नेकपामा प्रवेश गरेका चाहिँ होइनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0