रोनाल्डोबिनाको खेलमा अल नासर पराजित

अल नासरले साउदी प्रो लिगमा खराब सुरुवात गरेको छ । उसले नयाँ सिजनको पहिलो खेलमा अल-एत्तिफाक​सँग २–१ को हार बेहोर्‍यो ।

गएराति सम्पन्न खेलमा एत्तिफाक​​को जितमा रोविन कुइसन र मौसा डेम्बेलेले १/१ गोल गरे । अल नासरका लागि साडियो मानेको नाममा १ गोल रह्यो ।

खेलमा मानेले चौथो मिनेटमै नासरलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४७औँ मिनेटमा रोविन कुइसनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ५३औँ मिनेटमा मौसा डेम्बेलेले विजयी गोल गरे ।

एत्तिफाक​​विरुद्ध कप्तान क्रिस्टियानो रोनाल्डोले खेलेनन् । अरब कपको फाइनलमा घाइते भएका कारण उनले प्रो लिगको पहिलो खेल नखेलेका हुन् ।
 





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार ७:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया