श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् । उनले २६ वर्षको उमेरमै टेस्ट क्रिकेटबाट संन्यास लिएका हुन् ।
हसरंगाले एकदिवसीय र टी–२० मा क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट संन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ । उनले टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय प्रारूपमा भने निरन्तर खेल्नेछन् ।
हसरंगाले सन् २०२० मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । हसरंगाले पछिल्लोपटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदानमा अन्तिम टेस्ट खेल खेलेका थिए ।
उनले ४८ ओडिआई खेलमा ६७ विकेट र ४ अर्धशतकसहित ८३२ रन बनाएका छन् । त्यस्तै, हसरंगाले ५८ टी–२० खेलमा ९१ विकेट लिनुका साथै ५३३ रन बनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0