नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप छनोटअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज इण्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानको सामना गर्दैछ ।
मछिन्द्र र मोहन बगानबीचको खेल कोलकाताको साल्टलेक स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई ३–२ ले हराउँदै नेपालले मोहन बगानसँगको भेट पक्का गरेको थियो ।
ऊ आज पनि जित निकाल्दै प्लेअफमा पुग्ने रणनीतिमा छ । यद्यपि घरेलु टोली मोहन बगानलाई हराउन नेपाललाई सहज भने छैन ।
आजको खेल जित्ने टिमले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगलमध्ये एक टोलीसँग प्लेअफ खेल्नेछ । दक्षिण एसियाली क्षेत्रको प्लेअफ जित्ने एक टोली एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0