सल्यानको त्रिवेणी गाउँपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
बुधबार भएको सो दुर्घटनामा छत्रेश्वरी गाउँपालिका–४ अकाशेका अन्दाजी ५१ वर्षीय ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका–६ लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो वडा नं. ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना हो ।
अन्य दुईजना भने सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको उनले बताए । उकालोमा चढ्न नसक्दा अटो सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0