म्यानचेस्टर सिटी युइएफए सुपर कप च्याम्पियन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

म्यानचेस्टर सिटीले पहिलोपटक यूईएफए सुपरकपको उपाधि जितेको छ । उसले एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा रहेको थियो ।  

सेभियाले युसेफ इन–नेसरीको गोलले अग्रता लिएयता सिटीका लागि कोल पाल्मरको गोलले बराबरी गोल फर्काए । पेनाल्टी सुटआउटमा सिटी शतप्रतिशत गोल गर्न सफल रह्यो । 

सेभियाका डिफेन्डर नेमान्जा गुडेल्जीको प्रहार पोस्टमा लागेको थियो । सिटीले पेनाल्टीमै आर्सनलविरुद्धको कम्युनिटी सिल्ड गुमाए पनि यूईएफए सुपरकपको उपाधि भने आफ्नो पक्षमा पार्न सफल भयो । 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार ७:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया