सहरी विकास मन्त्री सिता गुरुङले अहिले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा जुटेको बताएकी छन् । आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा लागेको भन्दै सोही अनुसार सात वटै प्रदेशको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरेको बताएकी हुन् ।
उनले भनिन्, ‘हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौँ । त्यही अनुसार आज हामीले सात वटै प्रदेशको प्रदेश प्रमुख, मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरिसकेको छौँ । यसले संघीयतामा गइसकेपछि, संघीय सरकारसँग गर्नुपर्ने काम प्रदेशबाट धाउन गाह्रो भयो भनेर छिटो भन्दा छिटो भवन तयार गरी सार्न सफल भयौँ ।’
उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय तथा आवासको बसाई संघीय लोकतान्त्रिक र गणतन्त्रलाई संस्थागत गर्न र जनतालाई सेवा सुविधा प्रभावकारी ढङ्ले गर्न आग्रह गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0