न्यायपरिषदले विनोद शर्मा पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई न्यायाधीशमा सिफारिस गरेको हो ।
गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।
सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश थिए । अब उनको नाम संसदीय सुनुवाइ समितिमा पठाइने न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
गत वर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् । उनको सिफारिसबारे निर्णय हुन नसकेपछि पुराना मुद्दाको टुंग्याउने काममा संलग्न थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0