मंगलबार बिहान कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागको थोरै स्थानमा र बाँकी भू–भागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरमा अवस्थित रहे पनि केही दिन भारी भारी वर्षाको सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0