पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएमा एमालेले स्वागत गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भण्डारी नेकपाको पूर्वनेत्री भएकाले फेरि सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका हुन् । 

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वनेता हो,  हाम्रो पार्टीको, अहिले फेरि नेकपा एमालेमा आएर सक्रिय राजनीति गर्छु भन्ने हो भने कानुनले पनि रोक्दैन संविधानले पनि रोक्दैन । पार्टीको विधानले पनि रोक्दैन,’ उनले भने, ‘आउने कि नआउने भन्ने बारेमा उहाँले गम्भीरताका साथ सोच विचार गरेर निर्णय गर्नुहुन्छ ।’

त्यस्तै, उनले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र माधव नेपालले आफ्नो सरकार ढलाउने र अरूको नेतृत्वमा सरकार बनाउनका लागि हस्ताक्षर गर्दै हिँडेको उनको आरोप छ । 

‘आफ्नै पार्टीको नेतालाई अध्यक्षबाट फाल्ने, संसदीय दलको नेताबाट फाल्ने, पार्टी सदस्यबाट पनि हटाउने, आफ्नो सत्ता गिराउन अरूसँग सहमति गर्ने हस्तक्षेप गर्ने अनेक खेल भएका थिए,’ उनले भने, ‘त्यसले पार्टी फेरि एक भएर जान सकेन । त्यो परिस्थिति निर्माण गर्ने काम प्रचण्ड र माधव नेपालले गर्नुभएको थियो ।’





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १७:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया