तीन प्रदेशमा वर्षाको सम्भावना, सचेत रहन अनुरोध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसका कारण देशका पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलि रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



प्रकोपबाट हुन सक्ने जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।  
 



  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार ७:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया