साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज पुनः प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ। आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0