भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा ‘जन्तो’ का घरेलु उत्पादन सार्वजनिक गरेको छ । उसले एक कार्यक्रमको आयोजना गर्दै आफ्नो नयाँ उत्पादन जन्तोको आगमनको घोषणा गरेको हो ।
भदौ ३० गते हयात रिजेन्सी, बौद्धमा आयोजना गरिएको कार्यक्रममा जन्तोका कुकटप, मिक्सर, प्यान, कुकर, डिनरवेयर चिम्नीजस्ता विभिन्न आधुनिक घरेलु उत्पादन सार्वजनिक गरिएको थियो। त्यहाँ युनाइटेड र युकुक ब्राण्डका विभिन्न सामग्री पनि प्रदर्शनमा राखिएको थियो ।
युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफले नेपाली भान्सामा जन्तोका उत्पादनले उच्च स्थान पाउनुका साथै भान्साका कामलाई सहज र अत्याधुनिक तवरबाट गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको बताए । कार्यक्रममा डिलरलाई सम्मान तथा रिटेलरलाई चाडवाडको अवसरमा सर्पाइज कोसेली दिइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0