राष्ट्रपति रामचन्द्र पौडेलले, राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् ।
आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतीक अनावरण समारोहमा उनले, राजनीतिलाई सत्ता र शक्तिको साधन होइन, राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावी पुस्तासम्म पुर्याउनुपर्ने बताएका हुन् ।
स्वर्गीय सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने, ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्नेछ ।’
कठिन समयमा पनि, लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरूलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0