न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
लोकसेवा आयोगले लिएको परीक्षामा पारसमणि पोखरेलले मात्र नाम निकालेका थिए । साथै, परिषद्को बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ ।
उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0