मंगलबार सिके राउत नेतृत्वको जनमत पार्टीले एक विज्ञप्ति जारी गरेको छ ।
संविधान दिवसको पूर्वसन्ध्यामा जनमतले जारी गरेको विज्ञप्तिमा २० शब्द मात्रै छ ।
विज्ञप्तिमा संविधान संशोधन गरी सबैको साझा बनाउनका लागि पहल गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताको लागि धन्यवाद छ । अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलको लागि जोडदार माग गर्दछौँ ।’
प्रवक्ता शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा २० शब्दमा नै भन्ने खोजेको सबै कुरा समेटिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0