नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न चेतावनी दिएका हुन्।
बुधबार बिहानै देउवानिवास धुम्बाराही पुगेर नेता कोइरालाले पार्टी सञ्चालनको कार्यशैलीप्रति सभापति देउवासँग असन्तुष्टि पोखेका हुन् ।
कोइराला उपसभापति धनराज गुरुङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुगेका थिए। मंगलबार आफू पक्षका केन्द्रीय सदस्यहरूको छलफलको निर्णयअनुसार कोइरालाले देउवासँग भेटेर चेतावनी दिएका हुन् ।
पार्टीमा विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेको उल्लेख गर्दै कोइरालाले भने, ‘यसरी नै चल्ने हो भने आजबाट म तपाईंसँग कुरा गर्दिनँ। जे गर्नुहुन्छ, गर्नुहोस्। म आफ्नो ढंगबाट अघि बढ्छु ।’
कोइरालाले सभापति देउवासँग पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको भन्दै आपत्ति जनाएपछि सभापति देउवाले सबैलाई समेटेर पार्टी अगाडि बढाउन आफू तयार रहेको जवाफ दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0