नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् ।
एसियन गेम्समा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए ।
रोहितले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए । उनले एसियन गेम्सलाई लिएर सबैजना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए ।
रोहितले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता जनाए । उनले यस प्रतियोगिताले टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने पनि बताए ।
टी–२० प्रतियोगिता जुन टिमले डेथ ओभरमा राम्रो बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मिहिनेत गरिरहेको पनि रोहितले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0