नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले बैंकहरूको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए । उनले बैंकहरूले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्ने कुरा गलत भएको बताए ।
उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरूले कर्जा दिने बताए । उहाँले बैंकहरूले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताए । उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरू चुनौती दिने प्रचलन रहेको बताए ।
उनले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौती रहेको बताए । उनले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरू रहेको बताए । गभर्नर अधिकारीले पछिल्लो समय विश्वका केन्द्रीय बैंकहरूले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रूपमा कडाइका साथ उभिएको बताए । उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्त्वपूर्ण भूमिका हुने गरेको बताए । उनले केन्द्रीय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने बताए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रूपमा आत्मनिर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0