नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले आफूले पाएको सूचनाअनुसार ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै त्यस कार्यलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।
आइतबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै सरकारको विरोधसमेत गरे ।
नेता भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ‘ॐ’ हटाइँदै छ । आजकै बैठकबाट एउटा निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले यो कार्य तुरुन्तै बन्द गरोस् ।’
उनले महासमिति बैठकमा हिन्दु राष्ट्रको ‘एजेन्डा’ पनि राख्न मागसमेत गरेका छन् । नेता भण्डारीले भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0