प्रधानमन्त्रीविरुद्ध परेकाे अवहेलना मुद्दाको सुनुवाइ सकियाे, आदेश मंसिर १८ मा आउने

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबार सकिएको छ । सर्वोच्च अदालतले यसबारेकाे आदेश भने मंसिर १८ मा मात्रै आउने तय गरेको छ । 

आइतबार रिट निवेदक र विपक्षी दाहालका कानुन व्यवसायीको बहस सुनिसकेर निर्णय सुनाउने मिति ताेकिएकाे हाे । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले बहस सुनिसकेर आदेश सुनाउने मिति तोकेको हो । 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आगामी मंसिर १८ मा दाहालविरुद्धको रिटमा आदेश सुनाउने मिति तय भएको छ ।

दाहालले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । दाहालको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै त्रिपाठीले २०७३ जेठ १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १९:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया