शनिबार रातिदेखि लागू भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारले फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो । तर, आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको छ ।
शनिबार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढेको थियो । सरकारले मूल्य वृद्धि फिर्ता गरेसँगै अब पेट्रोलियम पदार्थमा पूरानै मूल्य निर्धारण हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0